नियम २५
चालकको मृत्युको सूचना दिनुपर्ने
(१) ऐन तथा यस नियमावली बमोजिम चालक अनुमतिपत्र प्राप्त व्यक्तिको मृत्यु भएमा मृत्यु भएको मितिले पैंतीस दिनभित्र त्यस्तो मृतकको नजिकको नातेदारले निजको मृत्युको सम्बन्धमा प्रचलित कानून बमोजिमको
मृत्यु दर्ता प्रमाणपत्र लिई त्यस्को प्रतिलिपि त्यस्तो चालक अनुमतिपत्र दिने कार्यालयमा बुझाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम मृत्युको बारेमा जानकारी दिंदा मृतकको चालक अनुमतिपत्र उपलब्ध भएमा सो समेत बुझाइदिनु पर्नेछ र त्यस्तो जानकारी प्राप्त हुन आएमा सम्बन्धित कार्यालयले पनि अनुसूची–१९ बमोजिमको चालक अनुमतिपत्र दर्ता किताबबाट निजको लगत कट्टा गरिदिनु पर्नेछ ।